२० माघ २०७९, शुक्रबार
 |   Fri Feb 3 2023
Logo

अमेरिकामा मोडेर्नालाई कोरोनाको दोस्रो खोपको रूपमा अनुमति




काठमाडौं : पौष ४, अमेरिकी सरकारले कोभिड १९ खोप मोडेर्नालाई दोस्रो खोपको रूपमा अनुमति दिएको छ। यसले खोपको दशौँ लाख मात्रा वितरण गर्न बाटो खुला भएको बताइएको छ। अमेरिकी खाद्य तथा औषधि नियामक संस्था (एफडीए) ले गत हप्ता अनुमति दिएको फाइजर बायोएनटेकपछि मोडेर्ना वितरणमा आएको छ।

अमेरिकी सरकारले २० करोड मोडेर्ना खोप किन्न सहमति दिएको छ, जसमध्ये ६० लाख अब वितरणका लागि विभिन्न स्थानमा पठाउन तयार हुने बताइएको छ। कोभिड-१९ सम्बन्धी मृत्यु र सङ्क्रमण संसारमै सबभन्दा धेरै अमेरिकामा छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय