Friday, January 24, 2025

ट्रेन्डिङ :

प्रचण्डसँगको वार्ता असफल भएपछि शीतल निवास पुगे ओली

spot_img
spot_img
spot_img

काठमाडौं : पौष ४, राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् । शीतल निवास जानु अगाडि प्रधानमन्त्री ओलीले खुमलटार पुगेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओली खुमलटार पुगेको केहीबेरपछि सत्तारुढ नेकपा उपाध्यक्ष वामदेव गौतम पनि उक्त वार्तामा सहभागी भएका थिए ।

त्यहाँबाट फर्किने क्रममा प्रधानमन्त्री ओलीले पुल्चोकस्थित मन्त्री क्वाटरमा निस्केर गृहमन्त्री रामबहादुर थापासँग पनि भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि सहभागी रहेका थिए । निर्णायक वार्ता गर्न भनेर खुमलटार पुगेका ओली वार्ता असफल भएपछि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेको आकलन गरिएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?