Thursday, January 23, 2025

ट्रेन्डिङ :

उपत्यकामा संकटकालको झल्को

spot_img
spot_img
spot_img

काठमाडौं : पौष ६, सुरक्षा चुनौतीलाई ध्यानमा राखेर गृह मन्त्रालयले देशभर प्रहरी र सशस्त्र प्रहरीको तैनाथी बढाएको छ भने संकटकालको झल्को दिने गरी प्रहरी र सशस्त्रको उपस्थिति उपत्यकाका विभिन्न स्थानमा आइतबार देखिएको छ । 

विरोध प्रदर्शन भड्किन नदिन प्रशासनलाई पनि चनाखो बन्न गृह मन्त्रालयले निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले त ‘पछिल्लो राजनीतिक घटनाक्रमका कारण उत्पन्न हुने सुरक्षा चुनौती सामना गर्ने गरी विशेष सुरक्षा रणनीति’ अपनाएर खटिन सातवटै प्रदेश प्रहरी र महानगरीय प्रहरी कार्यालयलाई आन्तरिक परिपत्र गरेको छ । निषेधित क्षेत्र तोडेर हुने प्रदर्शन र विरोध नियन्त्रण गर्न पनि निर्देशन दिइएको छ । सशस्त्र प्रहरीले वाहिनीमार्फत सुरक्षा सतर्कता बढाउन निर्देशन दियो । राष्ट्रिय अनुसन्धान विभागले पनि प्रदेशस्थित कार्यालयमार्फत जिल्ला तहका सबै संयन्त्रलाई परिस्थितिसँग जुध्ने गरी भूमिका निर्वाह गर्न निर्देशन दिएको आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ । 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?