काठमाडौं, ६ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि सत्तारूढ नेकपा पनि दुई समूहमा विभाजित भएको छ । सत्तारूढ नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संसद भंग गरेसँगै आफू निकटका सांसदहरूलाई बालुवाटारमा भेला हुन बोलाएका छन् । उता अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर सांसदहरू भने बानेश्वरमा भेला भेला हुँदै छन् ।
आइतबार प्रधानमन्त्री ओलीले संसद् भंग गरेपछि सोमबारबाट ओली र प्रचण्ड पक्ष छुट्टाछुट्टै भेला र बैठकमा व्यस्त भएका हुन् । प्रधानमन्त्री ओलीले बिहान नौ बजे बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षले भने दिउँसो १ बजे संसद भवन, बानेश्वरमा भेला बोलाएका छन् । त्यस्तै यो समूहले दिउँसो ३ बजे पार्टी स्थायी समिति बैठक समेत बोलाएको छ ।