१३ चैत्र २०७९, सोमबार
 |   Mon Mar 27 2023
Logo

विश्वभरी कोरोनाबाट १७ लाख बढीको मृत्यु



एजेन्सी : ७ पुष । कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ । हाल विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ७२ लाख ९६ हजार ६ सय १७ छ।

पछिल्लो २४ घण्टामा मात्रै पाँच लाख पाँच हजार ५४८ कोरोना संक्रमित थपिएका हुन्।

वर्ल्डोमिटर्सका अनुसार विश्वमा हालसम्म १७ लाख आठ हजार ९५ संक्रमितको मृत्यु भइसकेको छ। सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ। त्यहाँ ३ लाख १९ हजार १ सय ९० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा आठ हजार ५८४ जनाको मृत्यु भएको हो।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय