Sunday, April 27, 2025

ट्रेन्डिङ :

ओलीले माफी मागेर आए पार्टीमा स्वागत गरिनेछ : प्रचण्ड

spot_img
spot_img

काठमाडौं : पौष ७, अध्यक्ष केपी शर्मा ओली बार्टीबाट बर्खास्त भएपछि सत्तारूढ नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन भएका छन् । वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । सो प्रस्तावलाई सर्वसम्मतिले पारित भएको हो ।

बैठकमा अर्का अध्यक्ष प्रचण्डले  ओली सच्चिएर आए फेरि पनि पार्टीमा स्वागत गर्न तयार रहेको बताए । बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओलीले राष्ट्र, जनता, पार्टीलाई घात भयो भनेर आउनुभयो भने हामी उहाँलाई स्वागत गर्छौं । गल्ती भयो, मैले गल्ती गरेँ, म पश्चाताप गरेर आउन तयार छु भनेर आउनुभयो भने म अहिले पनि स्वागत गर्न तयार छु ।’

ओलीले एकपक्षीय रुपमा संसद विघटन गरेपछि असन्तुष्ट भनेको प्रचण्ड नेपाल समूहले केन्द्रीय समितिबाट ओलीलाई अध्यक्षबाट हटाएको हो । 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?