९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

Logo

नेपालमा ७२२ जना कोरोना संक्रमित थपिए



काठमाडौं, पुस ७ । पछिल्लो २४ घण्टामा नेपालमा ७२२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७२२ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार जनाको पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९६६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय