Saturday, May 17, 2025

ट्रेन्डिङ :

संसद भङ्ग गरेका ओलीको भारत भ्रमणको तीब्र तयारी !

spot_img
spot_img

काठमाडौं : पौष ८, पार्टी भित्र अल्पमतमा परेर असंवैधानिक र हठात् तवरले प्रतिनिधिसभा बिघटन गरेर चौतर्फी आक्रमण झेलिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पौष २० गतेभित्रै भारत भ्रमणको तयारी गरेका छन् । ओलीको संसद विघटनको देश भित्र भत्सर्ना भइरहेकै बेला ओलीले संसद विघटन गरेको करिब डेढ हप्ता नबित्दै भारत भ्रमणको घनिभूत तयारी थालेको जनआस्थाले उल्लेख गरेको छ । गत वर्षदेखि चिसिएको दुई देशको सम्बन्ध सुधार्न भन्दै पछिल्लो चार महिनामा भारतबाट भएका औपचारिक तथा अनौपचारिक उच्चस्तरीय भ्रमणपछि पुस पहिलो साता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतको औपचारिक भ्रमण गर्ने गृहकार्य भइरहेको थियो ।

तर,अहिले एकाएक मुलुकमा विकसित चरम राजनीतिक संकट र अस्तव्यस्तताबीच प्रधानमन्त्रीको भारत भ्रमणको लागि आवश्यक गृहकार्य थालिएपछि राजनीतिक वृत्तमा अर्थपूर्ण ढंगले हेरिएको छ । उच्च स्रोतका अनुसार भ्रमण पुस २० गतेभित्र हुने गरी दुबैतर्फका कूटनीतिक र राजनीतिक संयन्त्र परिचालन भइसकेका छन् । भ्रमणको निम्तो आएको छ तर यस्तो बेला जान हुने कि नहुने भन्नेमा मथिङ्गल खल्बलिरहेको अवस्था पनि छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?