७ चैत्र २०७९, मंगलवार
 |   Tue Mar 21 2023
Logo

प्रचण्ड-नेपाल समुह प्रतिगामी र प्रतिक्रान्तिकारी : बादल



काठमाडौं : पुष ९, पार्टी विभाजनको केही दिन मौन बसेर अन्ततः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहमा गएका लाई गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्ड र माधवकुमार नेपाल समूह प्रतिक्रान्तीकारी भएको संगिन आरोप लगाएका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी ओली समूहको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै थापाले दाहाल-नेपाल समूहको ध्यान क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउन केन्द्रित रहेको आरोप लगाएको बताएका हुन् ।

उहाँले दाहाल-नेपाल समूहले प्रतिक्रान्तिलाई सघाउने निर्णय गर्दै अघि बढेको दावी गर्दै उहाँहरू दुश्मनको चङ्गुलमा फसेको समेत बताए ।

गृहमन्त्री थापाले थापाले मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन केपी शर्मा ओलीलाई आफूले साथ दिएको बताउँदै ओलीलाई साथ दिनुको विकल्न नरहेको पनि प्रष्ट पारे ।

संसदको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको जिकिर गर्दै उहाँले चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नु नै मुख्य कर्म भएको प्रष्ट पारे ।


प्रतिक्रिया दिनुहोस !