१९ माघ २०७९, बिहीबार
 |   Thu Feb 2 2023
Logo

प्रदेश १ मा ५१५ जना कोरोना संक्रमित डिस्चार्ज



९ पुष । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५१५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट ५०१, मेची अस्पतालबाट ५, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ४, विराट मेडिकल कलेजबाट ३ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र न्युरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएका हुन ।

योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २६ हजार २९६ पुगेको छ । प्रदेश १ मा आज ५० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १७, सुनसरीमा १४, झापामा १२, इलाम, पाँचथर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !