Thursday, February 20, 2025

ट्रेन्डिङ :

ओली गणतन्त्र विरोधी : अध्यक्ष नेपाल

spot_img
spot_img

काठमाडौं : पौष १०, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली गणतन्त्र विरोधी भएको आरोप लगाएका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहले शुक्रबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन् । अध्यक्ष नेपालले प्रधानमन्त्री ओली गणतन्त्र र संघीयता विरोधी भएको आरोप लगाएका हुन् ।

‘केपी ओलीलाई गणतन्त्र विरोधी मान्छे हो’ अब एकताबद्ध भएर विगतका कमिकमजोरीलाई सच्याएर अगाडि बढ्ने बताए । देशलाई न्याय, समाजलाई न्याय र पार्टीलाई पनि न्याय दिएर अगाडि बढ्ने उनको भनाइ छ । पार्टीको सम्पत्तिका विषयमा पत्रकारले गरेको प्रश्नको जवाफ दिने क्रममा उनले आधिकारिक आफूहरु भएको बताए । ‘आधिकारिक पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हो’, नेता नेपालले भने, ‘नेकपाको नाममा भएका पार्टी कार्यालय, सम्पत्ति नेकपाकै हुनेछ । हाम्रो हुनेछ । जहाँसम्म कसैका निजी सम्पत्ति छन् भने हाम्रो हुँदैन नेता नेपालले भने ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?