Friday, January 17, 2025

ट्रेन्डिङ :

दार्चुलाका नेता ठगुन्ना बने सामान्य प्रशासनमन्त्री

spot_img
spot_img
spot_img

दार्चुला : पौष १०, प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका छन् । प्रधानमन्त्रीले संसद भंग गरेपछि प्रचण्ड नेपाल समुहका सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए । रिक्त रहेको मन्त्रालयमा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूह दार्चुलाका नेता गणेशसिंह ठगुन्ना सामान्य प्रशासनमन्त्री बनेका छन् । यस्तै टोपबहादुर रायमाझी उर्जा मन्त्री, मणि थापा खानेपानी तथा सरसफाइ मन्त्री, प्रभु साह शहरी विकास मन्त्री, प्रेम आले वन मन्त्री, गौरी शंकर चौधरी श्रम तथा रोजगार मन्त्री, दावा लामा युवा तथा खेलकुद मन्त्री, जुली कुमारी महतो महिला बालबालिका मन्त्री, विमला विश्वकर्मा उद्योग राज्यमन्त्री, भानुभक्त ढकाल पर्यटन मन्त्री, हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री, लीलानाथ श्रेष्ठ कानून मन्त्री, शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री, पद्मा अर्याल कृषि मन्त्री, कृष्ण गोपाल श्रेष्ठ शिक्षा मन्त्री बनेका छन् ।

यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री, यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्रीको जिम्मेवारी पाएका छन् । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् । त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन् । संविधानसभा हुदै प्रतिनिधिसभासम्म प्रतिनिधित्व गर्नुभएका दार्चुलाबाट निर्वाचित पूर्व सासंद गणेश ठगुन्नाको यसपटक मन्त्री बन्ने सम्भावना प्रवल रहेको भनेर विगतदेखि नै राजनीतिक बृतमा चर्चा हुदै आएको थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?