९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

Logo

आफ्नो समूहमा आउन प्रचण्डको आग्रहलाई गौतमले गरे अस्वीकार



चितवन : पौष ११, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनौपचारिक रूपले विभाजित भएपछि पहिलोपल्ट नेकपा प्रचण्ड नेपाल खेमाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ भेट्न साबिक नेकपाका उपाध्यक्ष वामदेव गौतम खुमलटार पुगेका छन् । नेता वामदेव गौतम नेकपाको पचण्ड(नेपाल खेमाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटार पुगेका हुन् । शनिबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा दुवै नेताबीच भेटवार्ता भएको खुमलटार स्रोतले जनाएको छ।

सत्तारुढ नेकपाको विभाजनपछि कतै पनि नखुलेका नेता गौतम केही समय गफिएर फर्किएका छन् । पार्टी विभाजनपछि कतै पनि नगएका गौतम किन खुमलटार पुगे भन्नेबारेमा केही खुलेको छैन । पार्टी विभाजनपछि दुवै समूहमा नलागेका गौतमले केही दिनअघि माधवकुमार नेपालसहितका नेताहरुसँगको भेटमा आफूले केही समय सोचेर मात्रै निर्णय लिने बताएका थिए । आजको भेटमा पनि गौतमलाई प्रचण्डले आफ्नो समूहमा आउन आग्रह गरे पनि उपाध्यक्ष गौतमले यसबारे कुनै जवाफ नदिएको खुमलटारस्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय