काठमाडौं : पुस १३, चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले नेकपा (प्रचण्ड-नेपाल समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवासमा पुगेर भेटवार्ता गरेकाे छ ।
सोमबार बिहान चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ यैचौ प्रचण्डलाइ भेट्न खुमलटार पुगेका थिए । टाेलीसहित पुगेका उनले अध्यक्ष प्रचण्डसँग भेटेर नेपालकाे पछिल्लाे राजनीतिक अवस्था र सरकारी नेकपाभित्रकाे विग्रहका विषयमा छलफल थालेकाे बताइएकाे छ ।
नेकपामा विभाजन भएपछि सकेसम्म पार्टी एकढिक्का बनाउने कसरतका लागि चिनिया टाेली काठमाडाैँ आएकाे थियाे । उक्त टोलीले आइतबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओली र आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गरेको थियो ।