१३ चैत्र २०७९, सोमबार
 |   Mon Mar 27 2023
Logo

संसद विघटनविरुद्ध काङ्ग्रेसको देशव्यापी प्रदर्शन



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा सोमबार देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन सुरु गरेको छ।  मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेको विरोधमा कांग्रेसले एकैदिन मुलुकभर सडक प्रदर्शन सुरु गरेको हो।

ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा सडक प्रदर्शन गर्न लागेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए। काठमाडौंका दश क्षेत्रका विभिन्न १५ स्थानमा प्रदर्शन सुरु भएका छन्। 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय