९ चैत्र २०७९, बिहीबार
 |   Thu Mar 23 2023
Logo

डीआईजीमा बढुवाको लागि ९ एसपीको नाम सिफारिस



काठमाडौँ: पुस १३, गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना वरिष्ठ उपरीक्षक-एसएसपीलाई नायब महानिरीक्षक- डीआईजीमा बढुवा गर्न सिफारिस गरेको छ।

गृह सचिव नेतृत्वको बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले बढुवाका लागि ९ जना एसएसपीको नाम सिफारिस गरेको हो।

सिफारिस हुने एसएसपीहरुमा  गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहोरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य छन्। डीआईजीमा ९ वटा दरबन्दी रिक्त थियो।


प्रतिक्रिया दिनुहोस !