२० माघ २०७९, शुक्रबार
 |   Fri Feb 3 2023
Logo

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना



काठमाडौं : पुस १५, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । लामो समयदेखि बिरामी रहेकी सीतालाई बुधबार काठमाडाैं भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनकी छोरी गंगा दाहालले जानकारी दिएकी छन् ।

प्रचण्डपत्नी सीता लामो समयदेखि बिरामी भएका कारण यसअघि पटकपटक विदेशका विभिन्न अस्पतालहरूमा उपचार गरिएको थियो । माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धका वेला पनि सीता आफ्ना पति प्रचण्डसँगै भूमिगत भएकी थिइन् । केही वर्षयता उनी शरीर कमजोर हुने विशेष प्रकारको रोगबाट ग्रसित छिन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय