१५ मंसिर २०७९, बिहीबार
 |   Thu Dec 1 2022
Logo

बर्ष २०२० लाई फर्केर हेर्दा : सुलेमानीको हत्यापछि अमेरिकी सैन्य शिविरमा इरानले गरेको त्यो मिसायल हमला



काठमाडौं : पुस १६, बर्ष २०२० विश्वका लागी निक्कै तनावपूर्ण रह्यो । एकातर्फ आणविक शक्ति राष्ट्र इरान र विश्व शक्ति राष्ट्र अमेरिकाको बीचमा सन् २०२० को शुरूवात मै युद्धको स्थिति पैदा भयो भने अर्कातर्फ विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाइरलले विश्व अर्थतन्त्रलाइ थिलोथिलो बनायो । बर्ष २०२० को शुरुआत मै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा इरानी कुड्स फोर्सका प्रमुख कासिम सुलेमानीको हत्या गरियो । २१ वर्ष एलिट कद्स फोर्सको प्रमुख बनेर इरानी सीमा बाहिर देशको प्रभाव विस्तार गरेका सुलेमानीको सन् २०२० जनावरी ३ तारीखमा इराकको राजधानी बग्दादको विमानस्थलबाट बाहिर निस्कँदै गरेका सुलेमानीलगायतको टोली गइरहेको गाडीको लस्करमा अचानक ड्रोन हमला भयो। उनी घटनास्थलमै मारिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा भएको सुलेमानीको उक्त हत्याले ४० वर्षदेखि तिक्ततापूर्ण सम्बन्ध भएका अमेरिका र इरानलाई युद्धको संघारमा उभ्याइदियो। को थिए सुलेमानी ? इरानको करमान प्रान्तको विकट हिमाली गाउँ रबोरमा जन्मेका सुलेमानि गरिब किसान परिवारमा जन्मिएका हुनाल राम्रो शिक्षादिक्षा पाएनन्। तर सेनामा उनले यति प्रगति गरे कि सर्वोच्च नेता अयोतोल्लाह अलि खमेनीपछि उनी इरानकै दोस्रो शक्तिशाली व्यक्ति बने। यो उपलब्धीमा उनको युद्ध कौशल योगदान थियो। उनी मध्पूर्वकै सबैभन्दा उचो कदका शक्तिशाली सैन्य कमाण्डर थिए।इरानलाई मध्यपूर्वमा शक्तिशाली बनाउने तेजस्वी दिमाग भएका व्यक्तिका रूपमा उनलाई हेरिएको थियो । सुलेमानी इरानभित्र मात्र नभई मध्यपूर्वकै कुशल सैन्य र राजनीतिक खेलाडी थिए । उनको कुशल सैन्य र कूटनीतिक गतिविधिबाट मध्यपूर्वमा अमेरिकी प्रभुत्व प्रभावित थियो । इरानी नजरमा सुलेमानी मध्यपूर्वमा इरानको महत्त्वकाङ्क्षा कार्यान्वयन गर्ने कुशल योजनाकार थिए ।

लेबनानको हिजबुल्लाह, इराकका सिया मिलिसियालगायत अरू प्रतिनिधि  सैन्य दस्ता चलाएर उनले खाडीमा आईएसआईलाइ ध्वस्त पारेका थिए । आयातुल्लाह अलि खामेनी पछी इरानमा दोस्रो शक्तिशाली रहेका सुलेमानीको हत्यापछि इरानले अमेरिका विरुद्ध कडा जवाफ दिने चेतावनी दियो । नभन्दै इरान समर्थित लडाकुहरुले इराकमा रहेको अमेरिकी दूतावासमा हेलिकप्टरबाट हमला गरे । त्यसको २/३ दिनपछि इरानले अमेरिकी सेनाको इराकमा रहेकोे दुइटा सैन्य आखडामा मिसायल आक्रमण गर्‍यो ।

इराकमा आक्रमण भएपछि भोलि बिहान सम्बोधन गर्छु भनी सुतेका ट्रम्पले अर्को बिहानको सम्बोधनमा इरान पछि हटेको भन्दै थप सैन्य कारबाही नगर्ने बताएपछि अमेरिका र इरानको बीचको युद्ध साम्य बनेको थियोे । इरानको मिसाइल हमलाबाट तर्सिएका ट्रम्पले इराक विरुद्ध युद्ध नगर्ने बरू आर्थिक नाकाबन्दी थप कसिलो बनाउने घोषणा गरे। ट्रम्पको सम्बोधनपछि संसारले राहतको सास फेर्‍यो। सेयर बजार उकालो लागे भने, तेल र सुनको भाउमा गिरावट आयो। त्यही दिन संयुक्त राष्ट्रसंघमा अमेरिकाले इरानसँग गम्भीर वार्ता गर्न तयार रहेको बतायो। सनकका भरमा निर्णय गरेर आफ्ना मित्र राष्ट्रहरूलाई हैरान बनाएका ट्रम्पको सुलेमानी मार्ने सनकी निर्णयले अमेरिकाको सतो उड्यो । ईरानले केही गर्दैन भन्दै अड्कल लगाएर निर्धक्क बसेको अमेरिका र राष्ट्रपति ट्रम्प इरानको मिसायल हमलापछि झस्कियो। इरान आक्रामक भए के गर्ने त भनेर विस्तृत योजनासमेत नबनाई सुलेमानी मार्ने आदेश दिएर बसेका ट्रम्प आफैं करिब एक हप्ता जति ‘नर्भस’ भएर बसेका थिए ।

खुला युद्धमा उत्रिए ठूलो नोक्सान बेहोरिन्छ भन्ने सिरिया, भेतनाम र मध्यपूर्वाबाट पाठ सिकेको अमेरिका अन्तत युद्धबाट पछी हट्न बाध्य भयो । आणविक हतियार भए पनि आणविक युद्धले कति विध्वंस मच्चाउछ भनेर जानकार अमेरिका इरानी मिसाइल हमलाको जवाफ नदिएरै युद्ध मैदानबाट भाग्यो । पर्सियन खाडीको बाटो हुँदै विश्व बजारमा आपूर्ति हुने तेल हर्मुज स्ट्रेट हुँदै विभिन्न गन्तव्यमा जाने गर्दछ । हर्मुज स्ट्रेट पूर्ण रूपमा इरानी नियन्त्रणमा रहेको छ । जुन मार्ग हुँदै बहराइन, ओमान, कुवेत, कतार, इरान र साउदी अरबले विश्व बजारमा तेल निर्यात गर्दछन् । अमेरिका हर्मुज स्ट्रेट माथिको इरानी नियन्त्रणलाई भत्काएर मध्यपूर्वको सबैभन्दा ठूलो आम्दानीको स्रोत तेल माथि आफ्नो अधिकार बलियो बनाउन चाहन्थ्यो । यसका निम्ति मध्यपूर्वका प्रमुख दुई देश साउदी अरब र इजरायल अमेरिकी महत्त्वकाङ्क्षालाई मदत गरिरहेका थिए । सुन्नी बाहुल्य मुलुक साउदी अरब र यहुदी बाहुल्य मुलुक इजरायल सिया बाहुल्य मुलुक इरानलाई अमेरिकी सहयोगमा घुँडा टेकाउन चाहन्थे तर इरानको जवाफी कारबाहीबाट तर्सिएर डाडो काट्न बाध्य भए । 


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: