Monday, September 9, 2024

ट्रेन्डिङ :

काठमाडौंको तापक्रम शुन्यमा झर्यो

काठमाडौं । काठमाडौं उपत्यकाको आज बिहानको तापक्रम शून्यमा झरेको छ । आज विहान पौने ६ बजे मापन गर्दा काठमाडौंको न्यूनतम तापक्रम १.२ थियो । पौने ९ बजे मापन गर्दा तापक्रम झन् घटेर ०.८ डिग्री सेल्सियस पुगेको मौसमविद राजु प्रधानांगले जानकारी दिए । उनका अनुसार यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५ छ । यसैगरी दिपायलको न्यूनतम तापक्रम ०.४ डिग्री सेल्सियस र वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.९ डिग्री सेल्सियस छ । मौसमविद प्रधानांगले केही दिनयता चिसो बढ्ने सम्भावना रहेको बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?