करनसिंह बडाल
काठमाडौं : पुस १७, सन् २०२० विश्वकै लागि तनावपूर्ण रह्यो । २०१९ को अन्त्यबाट सुरु भएको महामारीले २०२० को अन्त्यसम्म पनि छाडेको छैन । हालसम्म १८ लाख मानिसको मृत्यु भइसकेको छ भने ८ करोड भन्दा बढी मानिस संक्रमित भए । यिनै तीतो यर्थाथ बोकेर २०२० हामीबाट विदा हुँदैछ । तर रोचक कुरा त के छ भने, कोविड वारमा फुकुयामाले दाबी गरेको अजेय पुजीवाद फुकुयामाको दाबीको तीन दशक नपुग्दै समाजवादसंग पराजित हुन पुगेको छ ।
सन् २०१९ डिसेम्बर ३१, मा चीनको वुहानबाट सुरु भएको कोरोना विश्व भरी फैलियो । कोरोना भाइरस परिवारकै भाइरस भएकाले यसलाई २०१९ नोबेल कोरोना भाइरसको नाम दिइयो । अमेरिका, इटाली, सिंगापुर, दक्षिण कोरिया, फ्रान्स, अस्ट्रेलिया, मलेसिया, भियतनाम र ताइवान, नेपालसहित १ सय ९० देशमा कोरोना संक्रमण फैलियो । चीनले ७२ दिनमा लकडाउन गरेर कोरोनालाइ पूर्ण नियन्त्रण गर्यो । तर विश्व महाशक्ति अमेरिकाले कोरोनासँग खेलाची गर्यो । कोरोना अमेरिकाको नियन्त्रण बाहिर गयो । फलस्वरूप कोरोनाबाट संसारमै सबभन्दा बढी मानिसको मृत्यु भयो र अहिले पनि मर्ने क्रम जारी छ । कोरोनाले पुजीवादको केन्द्र मानिने युरोप र अमेरिकामा सबभन्दा बढी आर्थिक तथा मानवीय क्षति गर्यो । इतिहासको अन्त्य भएको दाबी गर्ने अमेरिकी राजनीतिक बैज्ञानिक फ्रान्सिस फुकुयामा उल्टिएको इतिहासको साची बने । समाजवादी युगको अन्त्य भएको दाबी गर्ने फुकुयामा कोविडका कारण सापेक्षित रूपमा समाजवादी मानिने देशहरु भन्दा उनको आदर्श पुजीवादका केन्द्रहरुको निरिहताको साची बने । जानकारहरु कोरोना विरुद्धको संघर्षलाई कोविड वारको नाम दिन्छन् । कोविड वारमा पुजीवाद नराम्ररी पराजित भयो ।
यद्यपि पश्चिमा देशहरूले लामो समय कोरोना माहामारीबाट गुज्रिरहेको विश्वलाई कोरोनाविरुद्धको खोपको विकास गर्न सफल भएपनी नियन्त्रण गर्न असफल भए । वर्ष सन् २०२० को अन्त्यमा आइपुग्दासम्म कोरोनाबिरुद्धका रुस, बेलायत, अमेरिका र चीनका ४ खोप विश्वमा उपलब्ध भएको छ । तर पनि समाजवादी देशहरूको तुलनामा पश्चिमा पुजीवादी देशहरूको अर्थतन्त्र बढी तहसनहस बनेको छ । उत्तर कोरिया, चीन, क्युवा, भेतनाम र भेनेजुएलामा कोरोनालाइ समयमै नियन्त्रण गरियो जबकी पुजीवादी देशहरूमा यसको नियन्त्रण संभव भएन । यसले पुजीवादको दर्शन मै त्रुटी रहेको पुष्टि गरेको छ ।