काठमाडौं : सुदुरपश्चिममा नवनियुक्त मन्त्रीहरु गृह प्रदेश भ्रमणमा निस्किने क्रम सुरु भएसंगै नेकपाको राजनीतिमा नयाँ समीकरणहरु बन्ने सम्भावना सुरु भएको छ ।
यही बीचमा नवनियुक्त वन तथा वातावरण मन्त्री प्रेम आले गृह प्रदेश प्रवेश गरेका छन् । बिहीबार धनगढी पुगेका मन्त्री आलेलाइ बिशाल जनसागरले भव्य स्वागत गरेको थियो ।
शुक्रबार मन्त्री आले गृह जिल्ला पुगेर स्थानीय नेता कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ । मन्त्री आले सुदुरपश्चिम पुगेसंगै सुदुरपश्चिमको राजनीतिमा नया तरङ्ग छाएको छ ।
मन्त्री आलेले रावलले सुदूरपश्चिमको लागि कुनै काम नगरेको आरोप लगाएका छन् । सुदूरपश्चिमले चार नया कम्युनिस्ट मन्त्री पाएसंगै नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेशले न्याय पाएको बताएका छन् । तुलनात्मक रुपमा नेकपा प्रचण्ड–नेपाल पक्ष बलियो भएपनि पछिल्लो समयको सरकारी निर्णयले ओली पक्षलाई बलियो स्थानमा पुर्याएको छ ।