काठमाडौं : पौष १७, मुलुकमा थप ४ सय २६ जनामा कोरोना भाइरस कोभिड-१९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या १ सय ५३ र पुरुषको संख्या २ सय ७३ छ । पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय २६ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६१ हजार ०१९ पुगेको छ । यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ सय ६७ जना संक्रमित फेला परेका छन् । जस्मा ७२ महिला र ९५ पुरुष छन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २१ हजार ५ सय ५ पुगेको छ ।