काठमाडौं : पौष १८, प्रधानमन्त्री केपी शर्मा ओलीले खिया लागेका दुईवटा नटबोल्ट फूस्किएर पार्टी फुटेको तर्क गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले काठमाडौंमा आयोजना गरेको ‘बृहत् कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै हाँगाबाट कुँहिएर भुईमा झरेको दुईवटा फलले रुख नै मेरो हो भन्ने दाबी गरे झै अहिले पार्टीबाट हटेका दुई जनाले पार्टी हाम्रो हो भन्ने दाबी गरेको बताए ।
प्रधानमन्त्री ओलीले आफुहरुले सक्कली हामी हौ भने निवेदन हाल्न आवश्यक नरहेको जिकिर गर्दै पार्टीमा फर्कन चाहनेहरुलाई ढोका अझै खुल्ला रहेको बताए । उनले कसैले निकाल्दैमा आफू पार्टीबाट ननिकालिने बताउँदै घर मूलीलाई घरबाट निकालेको भन्न नमिल्ने पनि प्रष्ट पारे । भेलामा बोल्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले जंगली महत्वाकांक्षा पूर्ति गर्नका लागि जस्तोसुकै कदम चाल्ने दुस्साहसी मनस्थितिको कारण पार्टीमा दुर्भाग्य निम्तिएको बताए ।