२५ माघ २०७९, बुधबार
 |   Wed Feb 8 2023
Logo

ओली र प्रचण्डलाई केन्द्रीय कमिटीभन्दा माथिल्लो तहमा राखिदैन :ओली



काठमाडौं : पौष १८, प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा कम्तीमा दुई अंकको सिट जित्न दाहाल–नेपाल पक्षलाई चुनौती दिएका छन् । शनिबार ओलीपक्षीय नेकपाको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोनध गर्दै उनले दुई अंकको सिट जितेर देखाउन चुनौती दिएका हुन् । प्रधानमन्त्री ओलीले दाहाल–नेपाल पक्ष पुनः पार्टीमा फर्कने दाबी गरे । उनले अब फर्किएपछि उपद्रो मच्चाउन नदिने पनि बताए । साथै उनले फर्किएकाहरूलाई केन्द्रीय कमिटीभन्दा माथिल्लो तहमा नराखिने पनि बताए ।


प्रतिक्रिया दिनुहोस !