Friday, January 24, 2025

ट्रेन्डिङ :

भारतमा मेरो ब्यापक चर्चा चल्यो : प्रधानमन्त्री ओली

spot_img
spot_img
spot_img

काठमाडौं : पौष १८, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका हरेक नागरिकलाई नेपालको प्रधानमन्त्रीको नाम थाहा भएको बताएका छन् । शनिबार ओली समूहको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री भएपछि विश्वभर नेपालको चर्चा भएको दाबी गरे । यसअघि नेपालको बारेमा कहाँ चर्चा हुन्थ्यो , नेपालको प्रधानमन्त्रीको नाम सोध्दा कसैलाई थाहा थिएन,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले भारतका हरेक मानिसलाई नेपालको प्रधानमन्त्रीको नाम थाहा छ ओलीले भने ।’

आफू प्रधानमन्त्री भएपछि चीन र भारतका साथै अन्य तेश्रो मुलुकहरूसँगको सम्बन्ध सुमधुर भएको दाबी गरे । प्रधानमन्त्री ओलीले आफ्नो पालामा भएको विकास निर्माण र समृद्धिको विषयलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङले समेत देखेको अवस्थामा माधव नेपाल र पुष्पकमल दाहालले नदेखेको टिप्पणी गरे ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?