काठमाडौं : पौष १८, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले पुस २० गतेदेखि २३ गतेसम्मका लागि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । शनिबार दिउँसो काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सो समूहले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले यही पुस २४ गते देशबासीसँग क्षमायाचना गर्दै असंवैधानिक कदम सच्याउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाउने तयारी गरेको छ ।
सबै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ । राजधानीमा आयोजित नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले नयाँ आन्दोलनका विभिन्न कार्यक्रम सार्वजनिक गरेका हुन् । यो समूहले प्रधानमन्त्रीको कदमविरुद्ध नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर संयुक्त आन्दोलन गर्ने प्रयास गर्दै आएको थियो । कांग्रेसले आन्दोलनमा जाने निर्णय नगरेपछि शनिबार आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।