Monday, September 9, 2024

ट्रेन्डिङ :

नाइजरमा इस्लामिक चरमपन्थीको आक्रमणबाट ७९ जनाको मृत्यु

काठमाडौं : पौष १५, पश्चिमी अफ्रिकी देश नाइजरमा संदिग्ध इस्लामिक चरमपन्थीको आक्रमणबाट ७९ जनाको मृत्यु भएको छ । मालीसँग सीमा जोडिएका दुई वटा गाउँमा आक्रमण भएको हो । चोमोबांगोउ गाउँमा ४९ जना र जारोमदरय गाउँमा ३० जना मारिएको बीबीसीले लेखेको छ । चोमोबांगोउ गाउँमा सन् २०१७ देखि संकटकाल लगाइएको छ ।

हालका केही महिनामा यस गाउँमा छिमेकी देश मालीबाट आएका संदिग्ध जेहादीहरुले आक्रमण गर्दै आएका छन् । नाइजरमा अल कायदा र इस्लामिक स्टेटसँग सम्बन्धित चरमपन्थी समूहले पनि धेरै पटक आक्रमण गरिसकेका छन् । गत वर्ष भएको आक्रमणमा सयौं व्यक्ति मारिएका थिए । यस्तै छिमेकी देश नाइजेरियामा सक्रिय बोको हरामले गत महिना दक्षिण पूर्वमा पर्ने दिफा इलाकामा २७ जनाको हत्या गरेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?