Friday, May 23, 2025

ट्रेन्डिङ :

प्रधानमन्त्री र राष्ट्रपतिलाई गालीगलौज गर्नेलाई पक्राउ गर्न गृहमन्त्री थापाको निर्देशन

spot_img
spot_img

काठमाडौं : पौष १८, गृहमन्त्री रामबहादुर थापाको निर्देशन पछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमर्यादित गालीगलौज गर्ने व्यक्तिको खोजीमा प्रहरी जुटेको छ ।

प्रतिनिधि सभा विघटनको विपक्षमा गत मंगलबार भएको प्रदर्शनका क्रममा अमर्यादित नारा लगाउने व्यक्तिको प्रहरीले खोजी गरिरहेको हो । गत मंगलबार नेकपा प्रचण्ड–माधव समूहले गरेको प्रदर्शनका क्रममा आपत्तिजनक नाराबाजी गरिएपछि यस विषयमा बालुवाटारले पनि चासो देखाएको थियो ।

गृह मन्त्रालय पुगेर महिला नेतृहरूले कारबाहीको माग समेत गरेका थिए । त्यसपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धान गर्न साइबर ब्युरो, अपराध महाशाखा लगायतका युनिटलाई निर्देशन दिएको हो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?