Friday, January 24, 2025

ट्रेन्डिङ :

काठमाडौंको पदूषण अहिलेसम्मकै उच्च बिन्दुमा

spot_img
spot_img
spot_img

काठमाडौं : पुस २१ । काठमाडौं उपत्यकामा वायु प्रदूषण अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । वातावरण विभागले पदूषण अहिलेसम्मकै उच्च बिन्दुमा पुगेपछि बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटु सम्बन्धी रोगका बिरामीलाई सकेसम्म घरबाहिर ननिस्किन आग्रह गरेको छ ।

विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले मंगलबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै ‘उपत्यकामा बिहान र बेलुकीको समयमा प्रदुषण अत्यधिक बढेको पाइएको र यसबाट स्वास्थमा नकरात्मक असर पर्न सक्ने भएकाले बाहिर ननिस्किन आग्रह गरेको छन् ।

विज्ञप्तिमा नेपालगञ्ज, विराटनगर लगायतका क्षेत्रमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएको उल्लेख गर्दै तराई क्षेत्रका नागरिकलाई पनि विशेष सतर्कता अपनाउन भनिएको छ ।

विभागले फोहोर र आगो बाल्दा पनि वायु प्रदूषण बढ्ने भएकाले त्यस्तो नगर्न पनि सुझाएको छ । भनिएको छ, ‘वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकाले मौसम यस्तै भइरहेमा केही दिनसम्म प्रदुषण यस्तै रही रहने अथवा अझै खराब हुनसक्ने सम्भावना भएकाले विशेष सावधानी अपनाउनु हुन अनुरोध गरिन्छ विज्ञप्तिमा भनिएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?