Wednesday, April 30, 2025

ट्रेन्डिङ :

५२२ जना कोरोना संक्रमित थपिए

spot_img
spot_img

काठमाडौं, पुस २१ । नेपालमा पछिल्लो २४ घण्टामा ५२२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १७१, ललितपुरमा ५३ र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा ५७८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार २२५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५५१ पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ९३ पुगेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?