धनगढी : पुस २४, ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभामा सहभागी सात जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
ओली समूहले शुक्रबार धनगढीमा सभा गरेको थियो, जसलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष ओलीले पनि सम्बोधन गरेका थिए । प्रधानमन्त्री आउने थाहा पाएपछि युवाहरु भने ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर पुगेका थिए । उनीहरुमध्ये केहीलाई पक्राउ गरिएको एसपी अनुपशम्शेर जबराले पुष्टि गरे ।