३० असार २०८१, शनिबार | Sat Jul 13 2024

Logo

काठमाडौंको एक कलोनीमा इन्जिनियर दम्पती मृत अवस्थामा भेटिए



काठमाडौं : पुष २५, काठमाडौंको टोखास्थित ग्रिन भिल्ला कोलोनीमा दम्पती मृत फेला परेका छन् । शुक्रवार पौने ९ बजे दम्पती मृत अवस्थामा फेला परेका हुन् । ग्रिन भिलामा बस्ने ३३ वर्षीया सुदिक्षा गिरी र उमेश केसी मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले जानकारी दिए । कोठाभित्र मृत अवस्थामा पल्टिरहेको अवस्थामा उमेशको शव प्रहरीले बरामद गरेको छ । पत्नी सुदिक्षा झुण्डिएको अवस्थामा फेला परेकी छिन् । उमेश र सुदिक्षा इन्जिनिर भएको बताइएको छ ।

घटनास्थलमा रगत लागेका अवस्थामा सिलौटो फेला परेको छ । सुदिक्षाले सिलौटाले हिर्काएर उमेशको हत्या गरेर आफु झुण्डिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । उमेशको परिवार अमेरिका बस्दै आएका छन् । उमेश केही समअघि अमेरिकाबाट काठमाडौं फर्केका हुन् । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको र घटनाबारे विस्तृत अनुसन्धान भईरहेको डिएसपी विष्टले बताए ।


प्रतिक्रिया दिनुहोस !