११ चैत्र २०७९, शनिबार
 |   Sat Mar 25 2023
Logo

पार्टी महाधिवेशन छाडेर निर्वाचनको तयारीमा जुटेका छौँ : बडू



काठमाडौं: पुष २५, नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसा बडूले पार्टी महाधिवेशन छाडेर निर्वाचनको तयारीमा जुटेको बताभएका छन् । ईमेजखबरसँगको एक कुराकानीमा नेता बडूले बैशाखमा हुने भनिएको मध्यावधि निर्वाचनको प्रचारप्रसारको लागि पार्टीले तयारी थालेको बताएका हुन् । पार्टी महाधिवेशन कार्यतालिका संसोधन गर्ने तयारीमा जुटेको उहाँको भनाइ छ । प्रतिनिधि सभा विघटनको विरोधमा देशव्यापी आन्दोलनमा होमिएको दाबी गर्ने कांग्रेसले पछिल्ला दिनमा गोप्य तरिकाले निर्वाचनको तयारी गरेको हल्ला चलिरहेको बेला केन्द्रीय सदस्य बडूले पार्टी महाधिवेशन छाडेर निर्वाचनको तयारीमा जुटेको बताएपछि त्यसलाई थप पुष्टि गरेको छ । निर्वाचनमा रक्षात्मक बनेको कांग्रेस सत्तारुढ नेकपा विभाजीत भएपछि पहिलो पार्टी बन्ने दाउमा लागेको हो ।


प्रतिक्रिया दिनुहोस !