Friday, January 24, 2025

ट्रेन्डिङ :

कोरोनाबाट थप ३ जनाको मृत्यु

spot_img
spot_img
spot_img

काठमाडौं : पुष २६, पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १९ सय १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार हजार दुई सय ८६ जनाको पीसीआर गरिएकामध्ये ३६२ जनाको नतिजा पोजेटिभ आएको छ । नेपालमा आइतबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६४ हजार १५ सय २१ जना पुगेको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा ६९९ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ५७ हजार ९ सय २८ पुगेको छ । हालसम्म क्‍वारेन्टिनमा २६२ जना छन् भने ४ हजार ६ सय ८१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?