Sunday, October 6, 2024

ट्रेन्डिङ :

नेपालकी पुष्पा भण्डारीले म्याराथुनमा जितिन् स्वर्ण पदक

काठमाडौं : पुष २६, बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले स्वर्ण पदक जितेकी छिन् । भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जित्न सफल भएकी हुन् । ढाकामा आइतबार भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा पुष्पाले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् । प्रतिस्पर्धामा भारतकी ज्योति गवातीले रजत पदक प्राप्त गरेकी छिन् ।

ज्योतीले तीन घण्टा ४६ सेकेण्डमा निर्धारित दूरी पूरा गरेकी थिइन्। सो प्रतियोगितामा भारतकै गिगमत डोल्माले तीन घण्टा नौ मिनेटमा निर्धारित दूरी पूरा गर्दै तेस्रो भएकी छिन् । गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद ९साग० मा भण्डारीले म्याराथनमा रजत पदक मात्र प्राप्त गरेकी थिइन् । भण्डारी विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आवद्ध रहेकी छिन् । पुरुष म्याराथनमा नेपालका किरणसिंह बोगटी चौंथो भए । बोगटीले निर्धारित दूरी दुई घण्टा २४ मिनेट १३ सेकेण्डमा पूरा गरे ।

उनले १३औँ सागमा भने म्याराथनमा स्वण जितेका थिए । उक्त स्पर्धामा भारतका बहादुर सिंहले निर्धारित दूरी दुई घण्टा २१ मिनेट ४० सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जिते । भारतकै राजपाल सिंह दुई घण्टा २१ मिनेट ४१ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो तथा भारतकै रवि प्रकाश दुई घण्टा २५ मिनेट २३ सेकेण्डको समयमा दौड पूरा गर्दै तेस्रो भए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?