काठमाडौं : पौष २८, प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कामचलाउ प्रधानमन्त्री नभएको बताएका छन् । भारतीय मिडियामा सोमबार प्रसारित अन्तर्वार्तामा ओलीले आफू कामचलाउ नभएर पूर्ण प्रधानमन्त्री भएको बताएका हुन् । ‘नेपालको संविधानमा काम चलाउ प्रधानमन्त्री हुने भन्ने नै छैन,’ ओलीले पाल्की शर्मालाई दिएको अन्तर्वार्तामा भनेका छन् । आफू प्रधानमन्त्री नै भएको ओलीको दाबी छ । पाल्की शर्माले चाहिँ आफूले पहिले ओलीसँगको अन्तर्वार्ताका लागि ३० मिनेट मात्र समय पाएको तर पछि कुरा गर्दा गर्दै १ सय मिनेट भएको बताएकी छिन् ।