काठमाडौं : माघ २, राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले पैसा दिएर भारतीय च्यानल जी न्युजलाई अन्तरवार्ता लिन लगाएको दाबी गरेका छन्। डा. केसीले आफ्नो बेइज्जत गर्ने च्यानललाई नै ओलीले अन्तरवार्ता दिएकोप्रति विरोध समेत जनाए। केही दिन अगाडी उक्त च्यानलका प्रधान सम्पादक सुधीर चौधरी नेतृत्वको टोलीले अवैध रूपमा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गरेको पाइएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले स्वीकृति नै नलिई जी न्युजको प्रतिनिधिमण्डल निकुञ्ज क्षेत्रभित्र प्रवेश गरेको पाइएको हो। उक्त घटना पछि ओलीको अन्तरवार्ता पनि विवादमा आएको हो। अवैध रूपमा प्रवेश गरेर नेपालको सार्वभौमिकता एवं सर्वोच्च शिखरको बारेमा विवादास्पद सामग्री तयार पार्ने काममा सहयोग गरेको भन्दै विभागले सिम्रिक एयरविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको हो। तर सरकारको लाचारीपनकै कारण यो सब भएको डा= केसीले एक अन्तरवार्तामा बताएका हुन्।