काठमाडौं : माघ २, दार्चुला जिल्ला लेकम गाउँपालिका वडा न १ सर्मोलीकी १३ बर्षीया रिता बोहोरा प्राणघातक रोग ब्लड क्यान्सर भएपछि उपचारका लागि परिवारको आर्थक अवस्था कमजोर भएका सहयोग गरिदिन उनका आफन्तले आग्रह गरेका छन् । कक्षा ८ मा आधयनरत रिता बोहोरालाई कलिलो उमेरमै जीवन र मरणको अवस्थामा काठमाडौंको त्रिवि शिक्षण अस्पतालको शय्यामा उपचाररत अवस्थामा रहेकी छिन् । विभिन्न संघ संस्था समाजसेवी सुभचिन्तक इस्टमित्र आफन्तजन तथा सम्पुर्ण सहयोगी महानुभावहरुमा आर्थिक सहयोगको लागि उनका आफन्तले रिताको ज्यान बचाईदिन आग्रह गरेका छन् । सहयोग गर्न चाहनेहरुले राष्ट्रिय बाणिज्य बैंक बैतडी शाखा कार्यालयमा रिताका मामा गणेश बिष्टको नाममा रहेको खाता नम्बर ४०५०१००००००९८१०४ जम्मा गर्न सक्ने छन् । त्यस्तै रिताका बुबा नरेन्द्र बोहोराको मोबाईल नम्बर ९८४४५९०१३६, आफन्त दिपक बिष्टको मोबाईल नम्बर ९८६५९७५२९८ रहेको छ ।