Wednesday, February 19, 2025

ट्रेन्डिङ :

प्रचण्ड-नेपालको नयाँ कार्ड, देउवालाई प्रधानमन्त्रीको प्रस्ताव !

spot_img
spot_img

काठमाडौं : २ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई शर्तसहित प्रधानमन्त्रीको प्रस्ताव पुगेको छ । उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै क्षेत्रबाट प्रधानमन्त्रीको प्रस्ताव पुगेको हो । देउवाले संसद पुनः स्थापनाको पक्षमा उभिएमा प्रधानमन्त्री बन्न सहयोग गर्ने प्रचण्ड, माधवकुमार नेपाललगायत अन्य नेताहरुले बताउने गरेको स्रोतको दाबी छ । यसै हप्ता देउवालाई भेटेका प्रचण्ड र नेपालले संसद पुनःस्थापनाको पक्षमा उभिएमा प्रधानमन्त्री बन्न सघाउने प्रस्ताव गरेको विश्वस्त स्रोत बताउँछ । देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भित्री रुपमा मिलेको चर्चा चलिरहेपछि प्रचण्ड र नेपालले नयाँ कार्ड फालेका हुन् । बरु देउवालाई प्रधानमन्त्री बन्न साथ दिने गरी संसद पुनःस्थापनामा लाग्ने उनीहरुको रणनीति देखिएको छ । देउवाले पछिल्लो समय अदालतको आदेश पर्खने जवाफ दिदै आएका छन् । तर, घुमाउरो पाराले उनले संसद विघटनको पक्ष लिएर मध्यावधि चुनावको तयारीमा लाग्न जोडबल गरिरहेका छन् ।

यसैगरी, राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता समेत रहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि देउवालाई प्रधानमन्त्रीको प्रस्ताव पुगेको संकेत गरेका छन् । गृहजिल्ला गोरखा पुगेर उनले सरकारको नेतृत्व गर्ने पालो काँग्रेसको भएको र देउवाकै पालो आउने अनुमान गरेका हुन् । यो संसद पुनःस्थापनाको पक्षमा एकजुट भएर जाने र देउवालाई प्रधानमन्त्री बनाउने गरी तयार गरिएको रणनीतिको संकेतका रुपमा बुझिएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?