Sunday, March 16, 2025

ट्रेन्डिङ :

भारतमै विवादित कोरोनाको कोभिसिल्ड खोपलाई नेपालमा अनुमति

spot_img
spot_img

काठमाडौं : माघ ३, सरकारले कोरोनाविरुद्धको खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । शुक्रबार औषधि व्यवस्था विभागले एक सूचना जारी गर्दै भारतले उत्पादन गरेको कोभिसिल्ड खोपलाई प्रयोगको आपतकालीन प्रयोगका लागि शशर्त अनुमति दिएको हो । खोप भारतको सेरम इंस्टिच्यूट अफ इंडिया प्रा.लि.ले उत्पादन गरेको हो । भारतमा उत्पादित खोप ‘कोभिसिल्ड’को विषयमा भारतमै विभिन्न प्रश्नहरु उठिरहेको सन्दर्भमा नेपालमा भने यसको प्रयोगका लागि अनुमति दिइएको हो ।

भारतले भने कोभिसिल्डसँगै बेलायतको अक्सफोर्ड विश्वविद्यायले तयार पारेको कोभ्याक्सिनलाई पनि अनुमति प्रदान गरेको छ । पराराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमै रहेको बेला भारतमा उत्पादित खोपलाई अनुमति प्रदान भएको हो । परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार औपचारिक भारत भ्रमणका लागि दिल्ली पुग्नुभएको थियो । उहाँको दिल्ली गएको भोलिपल्टै नेपालले भारतमा उत्पादिन कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?