Friday, May 23, 2025

ट्रेन्डिङ :

सामन्तहरुले जस्तै अनमेल विवाह गर्दै मुख्यमन्त्री राई

spot_img
spot_img

काठमाडौं : माघ ४, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूभन्दा ३० बर्ष कान्छी केटीसङ्ग बिबाह गर्ने टुंगो लागेको छ । अनमेल बिबाह कानुनद्वारा बर्जित छ ।

यो बिबाहवारे सार्वजनिक गर्दा उजुरी पर्ने डरले गुपचुप राखिएपनि पारिवारिक स्रोतबाटै कुरो चुहिएपछि शेरधन अन्यौलमा परेको बताइन्छ । शेरधन माघ ११ गते मिस मङ्गोल शेर्पा २०१८ बिजेता २० बर्षीय जाङ्मु शेर्पासङ्ग बिबाह बन्धनमा बाँधिन लागेका हुन् । राई ५० बर्षका भए भने दुलही २० बर्षकी भइन् ।

यो बिहेबारे मुख्यमन्त्रीकै जिल्ला भोजपुर घर भई हाल धरानको गणतन्त्र एफएम र धनकुटाको लालीगुराँस एफएम सम्बध्द स्वर्णिम राईले शेरधनलाई दाई सम्बोधन गर्दै उनैको फेसबुक वालमा नवदम्पत्तिको फोटोसहित ट्याग गरेकी हुन् ।

उता बालिका खड्का नामक युवतीले भने आफूमाथि राईले कैयन बर्षदेखि यौनशोषण गर्दै आएको भनी प्रहरी, अदालत र मिडियामार्फत पिछा गर्न छाडेकी छैनन् । सामन्तवादको अन्त्यका लागि युद्ध लडेका राई आफै सामन्तहरुले झैँ अनमेल विवाह गर्न लागेको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?