Sunday, September 8, 2024

ट्रेन्डिङ :

नयाँ कोरोनाले २०२० भन्दा २०२१ झन् कठिन हुने डब्लूएचओको चेतावनी

एजेन्सी,४ माघ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नयाँ प्रकारको कोरोना भाइरसको कारण झन् कठिन हुने चेतावनी दिएको छ। बीबीसीका अनुसार दक्षिण अफ्रिकामा देखा परेको भाइरसको ‘स्ट्रेन’ अर्थात् प्रकार अन्य २० वटा देशहरूमा फैलिसकेको छ। सुरुमा ब्रिटेनमा देखिएको जस्तै अफ्रिकामा पनि अघिल्लो प्रकारको भाइरस भन्दा छिटो विस्तार हुन सक्ने क्षमता रहेकाले चिन्ता देखा परेको छ।

जापानमा अधिकारीहरूले पत्ता लगाएको अर्को नयाँ प्रकारको भाइरसले नयाँ चिन्ता थपिदिएको छ। उनीहरूले चारजनामा त्यस्तो किसिमको भाइरसको संक्रमण भएको पहिचान गरेका छन्। ती मानिसहरू ब्रजिलमा संक्रमित भएको ठानिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?