१४ मंसिर २०७९, बुधबार
 |   Wed Nov 30 2022
Logo

सर्वोच्चले जारी गरेको विज्ञप्तिले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेको महासंघको ठहर



काठमाडौं : माघ ४, नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतबाट जारी भएको विज्ञप्तिले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको ठहर गरेको छ । महासंघको सिन्धुपाल्चोकको हेलम्बुमा बसेको केन्द्रीय समितिको पूर्ण बैठकले सर्वोच्च अदालतले समाचारको विषयमा निकालेको विज्ञप्तिले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको ठहर गरेको हो । 

 सर्वोच्चका न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको विषयमा समाचार छापेका रातोपाटी र नेपालखबरको नामै किटेर सर्वोच्चले शुक्रबार विज्ञप्ति जारी गरेको थियो । सो विज्ञप्तिमा सञ्चारमाध्यमलाई कानुनी कारबाही गर्ने ‘चेतावनी’ दिइएको थियो । महासंघले स्वतन्त्र प्रेसलाई धम्क्याउने कार्य जोकोही बाट भएको भएपनि बन्द गर्न आग्रह गरेको छ । 


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: