Wednesday, February 19, 2025

ट्रेन्डिङ :

मध्यावधि चुनावका लागि प्रहरीद्वारा साढे १२ अर्ब रुपैयाँ माग

spot_img
spot_img

काठमाडौं : माघ ६, नेपाल प्रहरीले आसन्न मध्यावधि निर्वाचनका लागि संगठनलाई कम्तिमा साढे १२ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमानित खर्च विवरण गृह मन्त्रालयमा पेश गरेको छ । २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा भएको खर्चको आधारमा नयाँ विवरण तयार पारेर खर्च विवरण पेश गरिएको हो ।

प्रहरीले पठाएको विवरण अनुसार म्यादी प्रहरी भर्नाका लागि साढे ५ अर्ब लाग्ने अनुमान गरिएको छ भने साधारणतर्फ ३ अर्ब र पुँजीगततर्फ ४ अर्ब खर्च हुने प्रहरी प्रधान कार्यालय, नक्सालको अनुमान छ ।

साधारणतर्फ तलब, भत्ता लगायत राखिएको छ भने पुँजीगततर्फ प्रहरीले सवारीसाधन, सञ्चार सेट लगायतका उपकरण माग गरेको छ । मन्त्रालयका अनुसार प्रहरीले अघिल्लो निर्वाचनका वेला पनि नयाँ गाडी नआएकाले यसपटक कम्तिमा दुई सय बढी पिकअप गाडी चाहिने भनेको छ । सञ्चार सेटसमेत अपर्याप्त रहेको भनिएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?