काठमाडौं, माघ ६ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ३४८ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४४१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय ६४ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ६९ पुगेको छ ।