३० असार २०८१, शनिबार | Sat Jul 13 2024

Logo

इनरुवामा माइक्रो दुर्घटना : ३ को मृत्यु, ८ जना घाइते




इनरुवा, ६ माघ । सुनसरीको दुहवी इनरुवा खण्डमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । सुनसरी प्रहरीका अनुसार विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको माइक्रो र विपरित दिशामा रहेको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालकसहित तीन जनाको ज्यान गएको छ । सुनसरी प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक इनरुवा ३ का बृख मण्डल र माईक्रोका सह– चालक सप्तरी घर भएका शंकरकुमार यादव रहेका छन् ।

मृतक मध्ये एक महिलाको भने पहिचान खुल्न बाँकी रहेको छ । उनीहरु सबैको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ८ जना घाइते भएका छन् । उनीहरुको उपचार जारी छ ।


प्रतिक्रिया दिनुहोस !