१० श्रावण २०८१, बिहीबार | Thu Jul 25 2024

Logo

माइनस १४ डिग्रीमा डुबुल्की मारेको पुटिनको फोटो यसकारण विश्वभरी भाइरल बन्यो



६८ वर्षका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार माइनस १४ डिग्री तापक्रममा राजधानी मस्को नजिकै एक स्विमिङ पुलमा डुबुल्की मारेका छन् । 

जमेको पानीमा पुटिनले डुबुल्की मारेको तस्बिर राष्ट्रपतिको आधिकारिक ट्वीटर ह्यान्डलबाट पोस्ट गरिएको हो । पुटिन पुलसम्म ओभरकोट  लगाएर आएको देखिन्छ तर डुबुल्की लगाउने बेला उनले उक्त कोट खोल्छन् । 

रुसको स्थानीय टिभी च्यानलमा यसबारे भिडियो देखाइएको छ । पुटिनले यो जमेको पूलमा तीनपटक डुबुल्की मारे । यो पूलको चारैतिर बरफ जमेको छ । 

वास्तवमा पुटिनले यसो गरेर एक धर्मनिष्ठ इसाइको अनुष्ठानको पालना गरिरहेका थिए । यो दिनलाई फिस्ट डे वा इपिफनी भनिन्छ । हरेक वर्ष एपिफनीको दिन धर्मनिष्ठ इसाइ नदी वा पोखरीमा डुबुल्की मारेर यसुलाई याद गर्छन् ।

इपिफनीको मौकामा मानिसहरु पारम्परिक रुपमा नजिकैको नदी वा तलाउमा गएर बरफ जमेको पानीमा डुबुल्की मार्छन् । इपिफनीको मध्य रातमा सबै पानी पवित्र हुने जसका कारण यावत् पाप पाखालिने मान्यता राखिन्छ ।

रुसी मिडियामा राष्ट्रपति भ्लादिमिर पुटिनलाई लामो समयसम्म एक ‘दबंग’ नेताको रुपमा देखाउँदै आएको छ जसले रुसलाई पश्चिमी दुनियाँबाट बचाउँछन् । तर अब रुसी मिडियामा उनको छवि एक ‘मसीहा’ को रुपमा देखाइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !