Wednesday, February 19, 2025

ट्रेन्डिङ :

ओली सरकारलाई सर्वोच्चको दह्रो झापड, कृषिमा विदेशी लगानी तत्काल रोक्न आदेश

spot_img
spot_img

काठमाडौं : माघ ७, कृषिका प्राथमिक उत्पादनका क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय तत्कालका लागि रोक्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । कृषिमा वैदेशिक लगानी खुला गर्ने सरकारी नीति रोक्नुपर्ने माग गर्दै अधिवक्ता डा.पुण्यप्रसाद खतिवडासहितले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश डा।मनोज कुमार शर्माको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।

साथै कृषिका प्राथमिक क्षेत्रमा वैदेशिक लगानी खुला गर्नुका लिखित १५ दिनभित्र पेश गर्न पनि अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई भनेको छ । सरकारले सम्बन्धित पक्षहरुसँग छलफल नै नगरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को अनुसूची संशोधन गरेर कृषिमा विदेशी लगानी खुला गर्ने निर्णय गरेको कृषि व्यवसायीहरुको गुनासो छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?