Sunday, April 20, 2025

ट्रेन्डिङ :

ट्रम्पका बहूलठ्ठी निर्णयहरु उल्टाउन बाईडेनको आदेश, मुस्लिममाथिको प्रतिबन्ध फुकुवा

spot_img
spot_img

एजेन्सी : माघ ८, अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यकालको पहिलो दिन कार्यकारी आदेश जारी गर्दै ट्रम्पले जारी गरेका कतिपय कार्यकारी आदेश उल्ट्याइदिएका छन् । कार्यभार सम्हालेको केही घण्टाभित्रै ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएर आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट पार्ने कोसिस गरेका हुन् । उनले कोरोनाभाइरस महामारीको सङ्कट सम्बोधनमा सङ्घीय कारबाही तेज गर्ने कार्यकारी आदेशहरू जारी गरेका छन् । उनले जारी गरेका अन्य आदेशहरूले चाहिँ विगतमा ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातिय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याइदिनेछ ।

बाईडेनले विश्व स्वास्थ्य सङ्गठनबाट फिर्ता हुने अमेरिकी कार्यको अन्त्य गर्ने, यसै साता हुने डब्लुएचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व हुने, आगामी १०० दिनसम्म मास्क लगाइरहन मानिसहरूलाई आग्रह गर्नेगरि १०० दिने मास्क चुनौती अभियान थालनी गरिने र वातावरणसम्बन्धी कतिपय ट्रम्प प्रशासनका नीतिहरू बाइडनले उल्ट्याउन चाहेका छन्। सन् २०१५ मा हस्ताक्षर गरिएको प्यारिस जलवायु सम्झौतामा अमेरिका पुन सामेल हुने, आप्रवासनको विषयमा ट्रम्पले लागु गरेको तथाकथित मुस्लिम प्रतिबन्ध अन्तर्गत केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने र मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणकार्य बन्द गर्ने जस्ता कार्य गर्न बाईडेनले आदेश दिएका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?