Monday, September 9, 2024

ट्रेन्डिङ :

ओलीले पत्रकारहरुलाई राजपरिवारमा बोलिने भाषा सिकाए

काठमाडौं : माघ ८, प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुले अंग्रेजी भाषाको प्रभावबाट आफ्नो भाषा बिर्सिएको बताएका छन् । ओलीले दशक अघिसम्म राजा र राजपरिवारका विषयमा कस्तो भाषा प्रयोग गरिन्थ्यो भन्दै प्रश्नसमेत उठाए । 

“हिजो राजतन्त्र हुँदा, राजा हुँदा, राजाका श्रीमती छोराछोरी हुँदा कसरी बोल्थ्यौँ ? खानुभयो भन्दा खाइबक्स्यो भन्नुपथ्र्यो, हिड्नुभो भन्दा हिँडिबक्स्यो भन्नुपर्थ्यो । आज आएर खानुभयो हिँड्नुभयो भन्न पनि पत्रकारहरुलाइ गाह्रो लागेको टिप्पणी गरे ।

उनले भाषाका कारण सभ्यता नै भूलेको बताए । “अंग्रेजीमा सबैलाई यू भनिन्छ, त्यही सिकेर तपाईंहरुले पनि तिमी भन्न थाल्नुभयो, हाम्रो चराको परिवार जस्तो होइन । चराले त दुइटा फूलपार्छ भुर्र उठ्छ । त्यसपछि आमाबाबु पनि चिन्दैन ।”

उनले आमा बुबा हजुरबा हजुरआमासहितका अग्रजको महत्वपूर्ण भूमिका रहेको भन्दै त्यसलाई अवमूल्यन नगर्न आग्रह गरे । 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?